देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधानको परिधि भित्र रहेर परराष्ट्र नीति लागु हुन्छ:मन्त्री ज्ञवाली

देशान्तर

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बदलिँदो परिवेश अनुसार मुलुकको परराष्ट्र नीतिलाई पुनर्पिरभाषित गर्दै लगिएको दावी गरेका छन् ।परराष्ट्रमन्त्री ज्ञवालीले मुलुक आर्थिक समृद्धि र विकासको बाटोमा अघि बढेकाले सोही अनुसारको परराष्ट्र नीति तय गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरेका छन ।

राष्ट्रहित परराष्ट्रनीतिको मूल चुरो रहेको स्मरण गराउँदै उनले सरकारले सोही अनुसारको नीति लिएको पनि स्पष्ट पारेका छन् ।पूर्व राजदुतहरुले स्थापना गरेको ‘एशोसिएशन अफ फरमर नेपाली एमबास्डोर्स’ को आईतबार काठमाडौंमा उद्घाटन गर्दै उनले संविधानको परिधि भित्र रहेर नेपालले परराष्ट्र नीति अवलम्बन गर्ने बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले गरिवी हटाउने, नेपाललाई विकसित राष्ट्रको दाँजोमा अघि बढाउन तीव्र गतिका साथ काम गर्नेलगायतका परराष्ट्र नीतिका विषयमा सबै राजनीतिक दलहरुबीच साझा धारणा रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागि परेको दावी पनि गरे ।