काठमाडौं– डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै भएको प्रदर्शनका क्रममा झडप भएको छ ।
राजधानीको नयाँ वानेश्वरमा केसी समर्थक र प्रहरीबीच झडप भएको हो ।निषेधित क्षेत्र तोड्ने क्रममा झडप भएको हो । सो क्रममा प्रहरीले केहि राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।माइतीघरबाट प्रदर्शनकारी नयाँ वानेश्वरतर्फ अघि बढ्दै गर्दा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा झडप हुन पुगेको हो ।
झडपका क्रममा एक प्रहरी र केहि प्रदर्शनकारी घाइते भएको बताइएको छ ।यस्तै प्रदर्शनकारीले तीन वटा गाडी पनि तोडफोड गरेकाछन् ।चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था विग्रदै गएको भन्दै विभिन्न अधिकारवादी संघ संस्था लगायतले प्रर्दशन गरेका हुन् ।प्रदर्शनमा विवेकशिल साझा पार्टीका रविन्द्र मिश्र, पुर्व प्रधानन्यायाधीश शुशीला कार्की, अधिकारकर्मी कृष्ण पहाडी, नयाँ शक्ति पार्टीका हिसिला यमी, करिष्मा मानन्धर लगायत अधिकारकर्मी, कानुनव्यवसायी, नागरिक समाजका अगुवा तथा डाक्टर केसीका समर्थकहरु सहभागी भएका थिए । प्रर्दनशकारीले माथेमा प्रतिवेदन कार्यान्वय गर, डाक्टर केसीको माग पुरा गर भन्ने प्ले कार्ड लिएका थिए ।
डाक्टर केसीको मागमा ऐक्यद्धता जनाउदै प्रर्दशनमा सहभागी भएका समर्थकले ‘‘हाम्रो स्वास्थ्य हाम्रो, हात डाक्टर केसीलाई समर्थन, गुणस्तरीय शिक्षाको पहुँच कायम गर लगायतका नारा लगाएका थिए ।यस्तै केसीकै समर्थनमा माइतीघरमा कांग्रेसको भातृ संगठन तरुण दलले पनि प्रदर्शन गरेको छ ।
प्रतिक्रिया