काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा भएको सरकारी खर्च अझै गुपचुप बाँडिचुँडिमा मिलान गरिएको छ । प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले दुई महिना बित्दा पनि खर्च विवरण सार्वजनिक नगरी हिसाव मिलान गरिएको छ ।
मोदी वैशाख २८ गते भारतबाट सीधै जनकपुर आएका थिए । संघीय सरकार, प्रदेश सरकार र उपमहानगर तीनै निकायले मोदीको भ्रमण तयारी र कार्यक्रममा खर्च गरेका थिए ।
जनकपुरको केही सडक कालोपत्रे र टालटुल तथा रङरोगनमा उपमहानगरपालिकाको रकम खर्चिइएको थियो । नागरिक अभिनन्दन आयोजना गरिएको रंगभूमि मैदान मर्मत, मञ्च र पण्डाल निर्माणको जिम्मा प्रदेश सरकारको थियो ।
प्रदेशसभा बैठकमा विपक्षी दलका सांसदले मोदी भ्रमणका बेला भएको खर्चमा अनियमितता आशंका गर्दै सार्वजनिक गर्न माग गरेका थिए ।
मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश सरकारका तर्फबाट जवाफ दिंदै संसदीय समितिमार्फत खर्च विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए । स्थानीय जनकारहरु भन्छन मोदीको जनकपुर भ्रमणका क्रकममा लगभग २ करोड जती खर्च भएको होला तर, ७ करोड खर्च देखाएर बाँडिचुँडि गरिएको छ ।
मोदीको भ्रमणमा प्रदेश सरकारले ७ करोड रुपैयाँ खर्चिएको अनुमान बाहिरिएपछि तीव्र आलोचना भएको छ । स्रोतका अनुसार खर्च अत्यधिक देखाएर अनियमितता गरेको चौतर्फी आरोपपछि सरकारले हरहिसाब फेरि मिलान गर्दा विवरण सार्वजनिक गर्न ढिलाइ गरेको छ ।
प्रतिक्रिया