देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय आपूर्ति कम्पनी गठन हुने

देशान्तर

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेको ‘राष्ट्रिय आपूर्ति कम्पनी’ बनाउन सिफारिस समिति गठन गरेको छ । 

वन तथा भू–संरक्षण मन्त्रालयले टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडको योजना तथा आपूर्ति विभाग प्रमुख रामचन्द्र भट्टको संयोजकत्वमा सो सिफारिस समिति गठन गरेको हो । वनमन्त्री शङ्कर भण्डारीले मन्त्रिस्तरीय निर्णयबाट बजेट कार्यान्वयनका लागि समिति गठन गरेको मन्त्रालयका प्रवक्ता पेमनारायण कँडेलले जानकारी दिए । 

सरकारले आव २०७३/७४ को बजेट वक्तव्यको बुँदा नं २०१ मा सरकारी स्वामित्वमा रहेका नेसनल ट्रेडिङ लिमिटेड, नेपाल खाद्य संस्थान, कृषि सामग्री कम्पनी लिमिटेड र टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडजस्ता संस्थालाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी निर्माण गरिनेछ भनी घोषणा गरेको थियो । 

समितिमा संयोजक भट्टसँगै मन्त्रालय र वन विभागका कानुन, योजना र प्राविधिक हेर्ने विभिन्न शाखा, महाशाखाका चारजना उपसचिव पदेन सदस्य रहेका छन् । समितिले तीन महिनाभित्र आफूलाई तोकिएको जिम्मेवारीसहित सिफारिस गर्ने संयोजक भट्टले जानकारी दिए । 

मन्त्रालयले यसअघि टिम्बर कर्पोरेसन, वन पैदावार विकास समिति र जडीबुटी प्रशोधन केन्द्रलाई गाभेर वन प्राधिकरण बनाउने प्रयास गरे पनि हालसम्म त्यो कार्यान्वयनमा आउन सकेको छैन ।

]]>