काठमाडौं । सरकारले वार्ताको नाममा झारा टार्ने काम मात्र गरेको जनाउँदै अनसनरत डा गोविन्द केसीले म्यान्डेटबिना वार्ता नहुने बताएका छन ।आज एक विज्ञप्ति जारी गर्दै डा केसीले सरकारले प्रारम्भिक चरणको वार्ता गरेकोमा हालसम्म सरकारका तर्फबाट माग पूरा गर्न कुनै पहल नभएको बताए ।
आवश्यक म्यान्डेट नै नदिई कर्मचारीहरु मात्र सम्मिलित वार्ता टोली पठाएर झारा टार्ने काम मात्रै भएको उनको भनाइ छ। सरकार अझै वार्ताका लागि जिम्मेवार र संवेदनशील नभएको र उठाएका एजेन्डाप्रति उदासीन रहेको देखिएको विज्ञेप्तीमा उल्लेख छ ।
यस्तो अवस्थामा आफ्ना मागहरु सम्बोधन गर्न सरकारले आवश्यक वातावरण नबनाएसम्म अर्को चरणको वार्ता गर्नुको औचित्य नहुने केसीको भनाइ छ ।असनरत डा केसीको स्वास्थ्य अवस्था दिनदिनै जटिल बन्दै गएको छ।
प्रतिक्रिया