काठमाडौँ । प्रधानमन्त्री केपीशर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । भेटमा कांग्रेस सभापति देउवाले जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् ।
उनले तत्कालै वार्ता गरेर अनसनरत डा केसीका माग पूरा गरी जीवन रक्षा गर्नु सरकारको कर्तव्य रहेको बताएका छन् ।
सभापति देउवाले आफ्नो नेतृत्वको सरकारको समयमा माथेमा उच्चस्तरीय कार्यदलको आधारमा जनभावना अनुरुप जारी गरेको अध्याधेशलाई हुबहु विधेयकको रुपमा ल्याउनु नै समाधानको बाटो भएको प्रधानमन्त्री समक्ष बताएका छन् ।
देउवाले सरकारले यसलाई तोडमोड गरेर जवरजस्ती ढंगले विधेयक ल्याउने प्रयत्न गरे कांग्रेसको विरोधको सामना गर्नुपर्ने सभापति देउवाले चेतावनी दिएका छन् ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले भने हाल तयार पारिएको विधेयक पास गर्न सहयोग गर्न अनुरोध गरेका थिए ।
प्रतिक्रिया