काठमाडौं . सरकारले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गरेको छ ।
मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डेलाई सिफारिस भएका छन् ।
आज बसेको मन्त्रीपरिषद बैठकले दुई जना राजदूत नियुक्तिको सिफारिस गरेको हो ।
यसअघि दीपकुमार उपाध्यायले प्रतिनिधिसभाको चुनाव लड्न भन्दै पदबाट राजीनामा दिएपछि भारतका लागि नेपाली राजदूत पद रिक्त रहेको थियो ।
प्रतिक्रिया