काठमाडौँ । नेकपाले आफ्ना भातृ संगठनका पदाधिकारीहरुको मर्यादाक्रम हेरफेर गरेको छ । यसअघि भातृ संगठनका पदाधिकारीको पार्टीभित्रको मर्यादाक्रम जिल्ला कमिटी सदस्यसरह हुने व्यवस्था थियो । नियमावलीमा प्रस्तावित व्यवस्थाअनुसार भातृ संगठनका पदाधिकारीहरु पार्टीका अन्य कमिटीमा रहन नपाउने भएका छन ।
तत्कालीन एमाले र माओवादी दुबैतिरका भातृ संगठनका पदाधिकारीहरुले विरोध गरेपछि भातृ संगठनका पदाधिकारीको मर्यादाक्रमको विषयनै हटाइएको जनाइएको छ । अब सबै जनसंगठनका पदाधिकारीहरु कुनै न कुनै पार्टी कमिटीमा संगठित हुनेछन भने उनीहरुको मर्यादाक्रम पनि सोही कमिटीमा हुनेछ ।
पहिलेजस्तो भातृ संगठनका पदाधिकारीको छट्टै मर्यादाक्रम अब नरहने नेताहरुले बताएका छन । पार्टीको केन्द्रीय सचिवालयले पारित गरेर प्रकाशनका लागि पठाइएको नियमावलीमा जनसंगठनका पदाधिकारीहरु अनिवार्यरुपमा पार्टी कमिटीमा संगठित हुनुपर्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया