देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चालु आर्थिक वर्ष आज सकिदै

देशान्तर

काठमाडौँ । चालु आर्थिक वर्षको आज अन्तिम दिन सरकारलाई २३ अर्ब राजश्व उठाउनै पर्ने भएको छ । चालुआर्थिक वर्षको आज अन्तिम दिन भएकाले सरकारले लिएको राजश्वको लक्ष्य अनुसार २३ अर्ब रकम अपुग हुने देखिएको छ ।

यता, कूल सरकारी खर्चमा भने सरकारले गरेको संशोधित अनुमानको हाराहारीमा हुने भएको छ । चालू आर्थिक वर्ष सकिन एक दिनमात्र बाँकी रहँदा कूल बजेटको ८१.२ ४ प्रतिशत बजेट खर्च भएको हो ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्ने क्रममा पूर्वसरकारले गरेको विनियोजनको १० खर्ब ४६ अर्ब खर्च हुने संशोधित अनुमान गरेका थिए । चालू आर्थिक वर्षको अन्तिम दिन बाँकी रहँदा अर्थमन्त्री खतिवडाले गरेको अनुमान अनुसारको बजेट खर्च हुन ७ अर्ब बाँकी छ । यो रकम पनि आजै निकासा हुने बताइएको छ ।

विनियोजन गरिएको बजेटको आधारमा चालू वर्षमा भएको भुक्तानीको अवस्था भने नाजुक छ । सरकारले १२ खर्ब ७८ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिइएकोमा हालसम्म १० खर्ब ३९ अर्ब ५ करोड रुपैयाँ भुक्तानी भएको छ ।

सरकारी खर्चले संशोधित अनुमान भने नाघ्ने देखिएको छ । आगामी वर्षको बजेट विनियोजन गर्ने क्रममा अर्थमन्त्री खतिवडाले १० खर्ब ४६ अर्ब रुपैयाँ खर्च हुने भनेपनि अन्तिम दिन बाँकी रहँदा ७ अर्ब कम देखिएको छ । यस अवधिमा दैनिक १० अर्बको हाराहारीमा भुक्तानी भइरहेको छ । संशोधित अनुमान अनुसार यो वर्ष २ खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँ पुँजीगत खर्च हुने अनुमान गरिएको थियो ।