काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार दुई तिहाइको दम्भमा संविधानलाई तहस नहस बनाउने खेलमा लागेको बताएका छन् ।
विराटनगरमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकारको आडमा मुलुकमा मनपरीतन्त्र मौलाउँदै गएको बताए ।
सिटौलाले दुई तिहाइको बलमा सरकार संविधान र कानुन विपरीतका काम गरिरहेको बताउँदै प्रतिपक्षमा कांग्रेस छ भनेर सरकारसँग हेक्का नरहेको बताए । सरकार हुकुमी र तानाशाही शैलीमा अगाडि बढे कांग्रेस प्रतिवाद गर्न तयारी अवस्थामा रहेको दावी गरे ।
सरकार गठनको ६ महिना नबित्दै जनमानसमा अनेक शंका, उपशंका उब्जिन थालेको समेत उनले बताए ।
प्रतिक्रिया