काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले पर्यटन विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले पर्यटन क्षेत्रको समुचित विकासका लागि तत्काल एक लाखभन्दा बढि युवाहरुलाई तालिम दिने योजना पनि अघि सारे । शनिबार गौरीशंकर गाउँपालिकाका सगरमाथा आरोहीहरुको सम्मानमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एक वर्षभित्र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने दावी पनि गरे ।
मन्त्री अधिकारीले ३ वर्ष भित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल र ७ वर्ष भित्र निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गरिसक्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको पनि बताए । मन्त्री अधिकारीले दोलखाको गौरीशंकर गाउँपालिकाकालाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । दोलखाको सदरमुकाम चरिकोटमा विमानस्थल निर्माणका लागि छिट्टै सर्भे गर्ने योजना पनि सरकारको रहेको मन्त्री अधिकारीको भनाई छ ।
प्रतिक्रिया