देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशलाई समृद्ध बनाउन यातायात क्षेत्रमा आमूल परिवर्तन आवश्यक छः गृहमन्त्री थापा

देशान्तर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले देशलाई समृद्ध बनाउन सरकारले यातायात क्षेत्रमा लगाइएको सिन्डिकेट खारेज गरेको स्पष्ट पारेका छन् । गृहमन्त्री थापाले सबै नेपालीलाई समृद्ध बनाउने हो भने यातायात क्षेत्रमा आमूल परिवर्तन गर्नुको विकल्प नरहेको पनि बताए। बुधबार काठमाडौँमा आयोजित ‘यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौति र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्रमा कायम गरिएको सिन्डिकेटबाट मुलुकको विकास र समृद्ध सम्भव नहुने पनि स्मरण गराए ।

उनले नागरिकलाई समृद्ध बनाउन सरकारले यातायातको क्षेत्रमा गुणात्मक परिवर्तन गर्न चाहेको पनि बताए। मन्त्री थापाले सरकारले यातायात क्षेत्रको आमूल परिवर्तनका लागि ठोस नीति, ऐन र कानुन बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले मुलुकको समृद्धिको अभियानमा साथ दिन यातायात व्यवसायीहरुलाई पुनः आग्रह गरे ।

गृहमन्त्री थापाले मुलुकलाई विकास र समृद्धि बाटोमा अघि बढाउने मूल दायित्व सरकार र जनप्रतिनिधिहरुको रहेको बताए । उनले बहुसंख्यक गरिब नेपालीहरु र रोजगारीको खोजीका विदेशीएका युवाहरुलाई स्वदेश फर्काउन पनि सरकारले विकास र समृद्धिको अभियानलाई मुख्य लक्ष्य बनाउनु परेको उल्लेख गरे।

गृहमन्त्री थापाले समृद्धिको मुख्य आधार पूर्वाधार विकास भएकाले त्यसलाई तीव्र रुपमा अघि बढाउन सरकारले रेल मार्ग, जलमार्ग निर्माणको कामलाई प्राथमिकता दिएको बताए।