देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उर्जामन्त्री र बेलायती राजदूतबिच भेटवार्ता

देशान्तर

काठमाडौं । नेपालका लागी बेलायती राजदूत रिचार्ड मोरीसले उर्जा,सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुनसँग भेट गरेका छन् ।सिंहदरबारस्थित उर्जामन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको थियो ।

भेटमा उर्जामन्त्री पुनले नेपालमा राजनीतिक स्थायीत्वको युग सुरु भइसकेको भन्दै बेलायती लगानीकर्तालाई नेपालको उर्जा क्षेत्रमा लगानीका लागि प्रोत्साहन गरिदिन राजदूत मोरीसलाई आग्रह गरे । उनले  आफु उर्जामन्त्रीको रुपमा कार्यभार सम्हालेसंगै उर्जा,जलस्रोत तथा सिंचाई क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र समेटिएको श्वेतपत्र सार्वजनिक गरिएको जानकारी समेत दिए ।

मन्त्री पुनले प्रशारण लाइनको गुरु योजना भर्खरै मन्त्रालयको तर्फबाट सार्वजनिक भएको भन्दै त्यसमा बेलायती लगानिकर्तालाई लगानी गर्न आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका मन्त्री पुनले नेपालको जलविद्युत क्षेत्रमा समेत लगानीको उपयुक्त वातावरण बनेको धारणा राखे ।

वर्तमान सरकारको निति लगानीमैत्री वातावरण बनाउने रहेको भन्दै त्यसका लागी नयां निति ल्याउने र केही नितिमा परिमार्जन गर्ने तयारी भइरहेको जानकारी दिए । भेटमा राजदूत मोरीसले उर्जा क्षेत्रमा सहकार्य गर्न बेलायत सरकार तयार रहेको बताए ।

वैकल्पिक उर्जाको क्षेत्रमा बेलायती सहयोग नियोग डिएफआईडीमार्फत काम भइरहेको जानकारी दिनुहुंदै आगामी दिनमा समेत सहकार्य जारी राख्ने प्रतिवद्धता व्यक्त गरे । राजदूत मोरीसले नेपाललाई सहयोग गर्ने विषयमा विकास साझेदार अन्य अन्र्तराष्ट्रिय संघ संस्थाहरुसंग समन्वयात्मक ढंगले काम गर्न आफुहरु तयार रहेको धारणा समेत राखे ।