देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ब्रिक्स शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिबार भारत जाँदै

देशान्तर

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार भारत भ्रमणमा जाने भएका छन् ।  भारतको गोवामा शनिबारदेखि हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो मान्न प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् । ब्रिक्स सम्मेलनमा भाग लिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत पुगिसकेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिन पिङ पनि बंगलादेशको भ्रमण सकेर भारत जाँदैछन् । गोवामा हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग बिहीबार बिहानै चीनबाट प्रस्थान गरेका हुन् । शिखर सम्मेलन शुरु हुनुपूर्व उनले कम्बोडिया र बङ्गलादेशको औपचारिक भ्रमण गरेका छन् ।

शिखर सम्मेलन स्थलतर्फ जाने बाटोमा पर्ने चीनका मित्रराष्ट्रका प्रमुखहरू कम्बोडियाका नरेश नरोडम सिंहामोनी र बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदले चिनियाँ राष्ट्रपतिलाई आ– आफ्नो मुलुकमा औपचारिक निम्तो गरेका थिए ।  राष्ट्रपति सी जिनपिंगको भ्रमण दलमा चिनियाँ कम्युनिस्ट पार्टीका अन्य तीन जना उच्चस्तरिय नेताहरु पनि संलग्न छन् ।

त्यसो त नेपाल सरकारका उपप्रधानमन्त्री कृष्णबहादुर महराले बेइजिङ पुगेर सी जिनपिङलार्इ नेपाल भ्रमणको निम्तो दिएका थिए । तर, उनी नेपाल आएनन् ।

]]>