देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपाको नियमावली पारित

देशान्तर

काठमाडौैं । नेपाल कम्युनिष्ट पार्टीले पार्टीको नियमावलीलाई अन्तिमरुप दिएको छ । आज बसेको सचिवालयको बैठकले पार्टी एकतापछि अन्तरिम विधानबमोजिम बनेको नियमावली पारित गरेको हो ।

बुधबार बिहान बालुवाटारमा बसेको सचिवालयको बैठकले पार्टीको अभिन्न अंगको रुपमा रहेको नियामावलीलाई अनुमोदन गरेर प्रकासन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नियमावलीलाई अन्तिम रुप दिन पार्टीको सचिवालय बैठक हिजो पनि बसेको थियो । स्थायी कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा नियमावलीको अन्तिम मस्यौदा तयार गर्न नेता वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल रहेको कार्यदलले प्रतिवेदन बुझाएको थियो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो ।एकताको तीन महिनाभित्र प्रदेश, जिल्ला कमिटी, प्रवास र जनसंगठनको एकता सक्ने पार्टीको घोषणा छ ।