देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बजेट कार्यान्वयको सवालमा सरकार गम्भीर छः अर्थमन्त्री खतिवडा

देशान्तर

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले भूगोल जनसंख्यालाई आधार बनाएर गरिएको बजेट विनियोजनले संघीयतालाई आत्मसाथ गरेको दाबी गरेका छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले भूगोल र जनसंख्यालाई आधार बनाउँदै अन्य परिसूचकलाई पनि मध्यनजर गरी सन्तुलित ढंगले बजेट आएको बताएका हुन् । उनले भूगोल र जनसंख्याको सन्तुलनलाई बुझिदिन आग्रह पनि गरे । उनले बजेटले संघीयतालाई आत्मसाथ गरेको दावी पनि गरे ।

समित साधनलाई असीमित प्राथमिकतामा बाँड्नु पर्दा केही आयोजना परियोजनालाई आवश्यक बजेट विनियोजन गर्न नसकेको भए पनि प्रदेश र स्थानीय तहमा पनि विनियोजन भएको बजेटलाई हेरेर समग्र मुल्यांकन गर्नुपर्ने तर्क उनले गरे । उनले संघको बजेट मात्रै हेरर समग्र बजेटको आकार र प्रकृतिको धारणा बनाई व्याख्या गर्न नहुने बताए ।

उनले बजेट कार्यान्वयको सवालमा सरकार गम्भीर रहेको बताए । राष्ट्रियसभा सदस्यहरुले बजेटमा प्रादेशिक सन्तुलनको कुरा उठाउदै संघीयतालाई आत्मसाथ गर्न नसकेको र कार्यान्वयनमा जटिलता रहेको टिप्पणी गरेका थिए ।

चौमासिक बजेटका कारणले शिक्षकले तलब पाएनन् भन्नेमा सत्यता नभएको भन्दै उनले चौमासिक बजेट पठाउन ढिलाई नभएको दावी गरे । उनले ब्याजदरका सम्बन्धमा भने केन्द्रीय बैकले केही समयपछि सार्वजनिक गर्ने मौद्रिक नीतिले सम्बोधन गर्ने बताए ।

उनले भारतीय ५ सय र १ हजारका नोट सटहीका लागि भारत सरकारसँग छलफल भैरहेको जानकारी दिए । विशेष गरेर ५ सय र १ हजार दरका भारतीय रुपैयाँ सटहीको व्यवस्था नहुँदा सीमा क्षेत्रमा भएको असुविधा प्रति भारत सरकारसँग नया ढंगले छलफल अघि बढाइएको उनले स्पष्ट पारे ।