काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री ओलीलाई घुडा टेकाएर छोड्ने बताएका छन ।पौडेलले प्रधामन्त्री केपी शर्मा ओलीले दुई तिहाईको दम्भ बोकेर अतिवादको सुरुवात गरेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले प्रधानमन्त्रीको कार्यशैली ठिक नभएको र सच्चिन आग्रह समेत गरे ।लोकतन्त्रमा संस्था बलियो हुने भन्दै उनले प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान आफ्नो मातहतमा लगेर ४ सय कार्यकता भर्ती गर्न खोजेको दाबी गरेका छन ।देश राजनीतिक दलका भर्ती केन्द्र बनाउनको लागि ओली एकाधिकारवाद र निरकुंशताको बाटोमा हिँडेको पौडेलको दाबी थियो ।
प्रतिक्रिया