देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

छिमेकीसँग ओली सरकार लम्पसार परेको सभापति देउवाको आरोप

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेर सरकारले मुठभेड निम्त्याउन खोजेको आरोप लगाएका छन् ।

रामेछापको मन्थलीमा शनिबार बिहान गरिएको पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले प्रजातान्त्रिक मूल्य र मान्यतालाई कुल्चिएर सरकार निरंकुशतातर्फ उन्मुख भएको टिप्पणी गरेका हुन् ।

उनले आफ्नो सरकारले गरेका नियुक्ति खारेज गर्ने ओली सरकारको कदम कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन । सरकारले गरेको निर्णयको कडा प्रतिवाद गर्ने उनको चेतावनी थियो ।

कांगे्रस सभापति देउवाले भारत र चीनसँग प्रधानमन्त्री केपी शर्मा ओली लम्पसार परेको आरोप पनि लगाए ।सभापति देउवाले अनशनरत डा. गोविन्द केसीको सत्याग्रहमा सरकारले अवरोध र्पुयाएको घटनाप्रति पनि आपत्ति जनाए ।