काठमाडौँ — सर्वोच्च अदालतले माइतीघर मण्डलामा सभा, जुलुस तथा विरोध प्रदर्शन गर्न सरकारले लगाएको निषेधाज्ञा तत्काल कार्यान्वन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलाशले शुक्रबार दिउँसो उक्त आदेश दिएको हो ।
असार २९ गतेसम्मका लागि निषेधाज्ञाको आदेश कार्यान्वयन नगर्न खतिवडाको इजलाशले भनेको हो। २९ गते दुवै पक्षलाई छलफलका लागि झिकाएइको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण रुपमा भेला हुन पाउने मौलिक हक हनन भएको भन्दै हिजो बिहीबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।
प्रतिक्रिया