काठमाडौं । अमेरिकी वातावरण संरक्षण समितिका प्रमुख स्कट प्रुइटले राजीनामा दिएका छन् ।एकपछि अर्को विवादमा तानिएका प्रुइटले अन्तत राजीनामाको बाटो रोजेका हुन ।
प्रुइटलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका थिए ।तात्कालीन राष्ट्रपति बाराक ओबामाको जलवायु सम्बन्धी नीतिहरुलाई उल्ट्याउन उनको नियुक्ति भएको बताइन्छ । नियुक्ति पाएसँगै उनी अनेक विवादमा फसेका थिए ।
उनीमाथि अपारदर्शिताको आरोप छ । उनका अनियमित काममाथि टिप्पणी गर्ने कामदारलाई पनि दुःख दिएको भन्दै उनको आलोचना हुने गरेको थियो ।कैयन अनियमितताको आरोपमा अनुसन्धान शुरु भइरहेका बेला प्रुइटले आफ्नो पदबाट राजीनाको घोषणा गरेका हुन् ।
प्रतिक्रिया