काठमाडौँ । संघीय संसद्को संयुक्त नियमावली पारित भएको करीब दुई सातापछि संसदीय सुनुवाइ विशेष समिति गठनको प्रक्रिया अघि बढाइएको छ। संयुक्त नियमावली अनुसार गठन हुने समितिमा आज प्रतिनिधिसभाले सदस्यहरूको नामावली घोषणा गर्दैछ। दिउँसो १ बजे बस्ने बैठकबाट समिति गठन प्रक्रिया अघि बढाइने सभामुख कृष्णबहादुर महराले यसअघि नै जानकारी दिइसकेका छन्। राष्ट्रियसभाका तर्फबाट पनि सिफारिस हुने सदस्यहरूको नामावली घोषणा भएपछि औपचारिक रूपमा समिति गठन हुनेछ।
१५ सदस्यीय समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट ३ सदस्य रहनेछन्। प्रतिनिधिसभातर्फ राष्ट्रिय जनता पार्टी बाहेक अन्य दलहरूले औपचारिक रूपमा नामावली दिइसकेका छन्। जसमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०बाट योगेश भट्टराई, सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, अमृता थापा, नीरु पाल, पार्वत गुरुङ र शिवकुमार मण्डल रहेका छन्। यस्तै, कांग्रेसले पुष्पा भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, र भीमसेनदास प्रधानको नाम दिएको छ। संघीय समाजवादी फोरम नेपालले राजेन्द्र श्रेष्ठको नाम पठाएको छ।
दुबै सदनको समन्वयमा समितिमा रहने सदस्यहरूको नाम घोषणा हुनेछ। समितिले सुनुवाइका लागि प्रस्तावित पदाधिकारीलाई दुई तिहाइबाट अस्वीकृत गर्न सक्नेछ। भने पारितका लागि बहुमत भए पुग्नेछ। समितिमा नेकपाको मात्र बहुमत पुग्नेछ।
प्रतिक्रिया