काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सात वटै प्रदेशमा प्राकृतिक चिकित्सालय खोल्न गर्न सरकारसँग आग्रह गरेका छन् ।
राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्राकृतिक चिकित्सालय स्थापना गर्ने अभियानलाई सफल बनाउन आफूले संसदमा पनि पहल गर्ने बताए ।
सभामुख महराले सरकारले प्राकृतिक चिकित्सालय स्थापनाका लागि विधेयक ल्याउन ढिलाई गर्न नहुनेमा पनि जोड दिए । सभामुख महराले आफूले दाङको संस्कृति विश्वविद्यालयमै आयुर्वेद औषधालय स्थापनाका लागि पहल गरिरहेको बताएका छन ।
प्रतिक्रिया