काठमाडौं।अमेरिकामा ट्रम्प प्रशासनले विश्व विद्यालयमा विविधता बढाउन बराक ओबामाका समयमा लिइएको नीति फिर्ता लिने तयारी गरेको छ ।
सकारात्मक विभेदका रुपमा एशियन अफ्रिकनप्रति ओबामा प्रशासनले लिएको नीति फिर्ता गर्न लागिएको हो ।अमेरिकी महान्यायाधिवक्ता जेफ सेसनले २४ बुँदे दस्तावेजलाई रद्द गरेसँगै ओबामा प्शासनले लिएको नीति खारेज हुने भएको हो ।
हार्वड युनभर्सिटीलाई एशियन अफ्रिकन भर्नाका लागि सीमित गरिएको भन्ने आरोप लागेको थियो ।सन् २०१६ मा सर्वोच्च अदालतले नै सकारात्मक विभेदका लागि आदेश नै दिएको थियो ।
पूर्व राष्ट्रपति ओबामा प्रशासनले ल्याएको नीति लागु गर्न नपर्ने गरी कलेजहरुलाई ट्रम्प प्रशासनले छुट दिने भएको हो ।
प्रतिक्रिया