देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपा सचिवालयको बैठक सामान्य छलफलमै टुंगियो

देशान्तर

काठमाडौं । नेकपा सचिवालयको बैठक सामान्य छलफलमै टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान पौने १० बजेदेखि शुरु भएको बैठकमा पार्टीको विधान, नियमावली राजनीतिक प्रतिवेदन र जनवर्गीय संगठनको एकता बारे सामान्य छलफल भए पनि कुनै निर्णय भने भएको छैन ।

यी बिषय बिहिबार अध्यक्षद्वय के.पी ओली र पुष्पकमल दाहालबीच छलफल गरी त्यसपछि मात्र टुंग्याउने निश्कर्षमा पुगेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

आजको बैठकमा पार्टीको विधान, नियमावली राजनीतिक प्रतिवेदन परिमार्जन बारेमा निर्णय हुने अपेक्षा गरिएको थियो । बैठकमा स्थायी समितिको कार्य सूची बारेमा बेहीबेर छलफल भयो तर त्यस बारे निर्णय भने भएन ।