कृष्णप्रसाद सिटौला
अविश्रान्त, शिखर–नायक, कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला हामीबीच नरहे पनि उहाँको राजनीतिक जीवनका आदर्श, मूल्य र उहा“ले सुरु गर्नुभएका राजनीतिक लक्ष्य एवं कार्यदिशामा उहा“ अमर हुनुहुन्छ । उहाँको जबसम्म बोल्नुभयो त्यो बेलासम्म मुलुक र जनताका लागि नै बोल्नुभयो । आफ्नो उहाँका राजनीतिक विचार भने पनि, नीति वा सिद्धान्त जे भने पनि आधारभूत रूपमा चारवटा कुराहरू थिए— शान्ति, लोकतन्त्र, समृद्धि र जनताका निम्ति शान्ति, स्वतन्त्र, सार्वभौम एवं अखण्ड नेपाल । उहाँले जीवनको अन्तिम घडीमा पनि यिनै चारवटा विचारलाई अगाडि सादै हामीबाट भौतिक शरीर टाढा भयो । तर उहाँका यी विचार भने हामीबीच सदियौंसम्म रहनेछन् । यी विचारबाहेक मुलुकले निकास पाउन सक्दैन भन्ने मेरो विचार हो ।
उहाँको सम्पूर्ण जीवनको उद्देश्य पनि यिनै चार आधारभूत विचारले अनुप्राणित भएर अघि बढेको देखिन्छ । जनताका लागि शान्ति, लोकतान्त्रिक शासन–व्यवस्था, आर्थिक समृद्धि र एउटा स्वतन्त्र, सार्वभौम, अखण्ड मुलुक चाहिन्छ भन्ने आधारमा उहा“ले आफ्नो राजनीतिक यात्रा तय गर्नुभएको थियो अनि जीवनको अन्तिम घडीमा पनि यो विचारमा अडिग रहेर प्राण त्याग गर्नुभयो । यिनै चार बु“दाका पेरिफेरीमा उहा“ले आफ्नो ६ दशक लामो राजनीतिक यात्रा सफलतापूर्वक पूरा गर्नुभयो ।
यद्यपि, गिरिजाप्रसाद कोइरालाले आफ्ना यी चार आधारभूत सिद्धान्तलाई धेरै पछि मात्र बुँदागत रूपमा सार्वजनिक गर्नुभयो । तर राजनीतिक इतिहास हेर्दा विराटनगरको मजदुर आन्दोलनदेखि नै उहाँ यी चार बुँदालाई आधार मानेर राजनीतिक यात्रा तय गर्नुभएको थियो । गिरिजाप्रसादले खासगरी, २०५९ साल असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले शाही प्रतिगामी कदम चालेर लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्रीमा मनोनीत गरिसकेपछि कोइरालाकै नेतृत्वमा हामीले त्यस कदमविरुद्ध आन्दोलन सुरु ग¥र्यौं । त्यही प्रतिगमनविरुद्धको आन्दोलनका क्रममा उहा“ले आफ्ना चार आधारभूत सिद्धान्तलाई अगाडि सार्नुभयो । उहाँले १२ बुँदे. समझदारीसमेत यसैलाई आधार मानेर गर्नुभएको थियो । त्यसयताका विभिन्न सार्वजानिक अभिव्यक्तिहरू यसैको सेरोफेरोमा रहेर प्रस्फुटन भएका थिए । यिनै चार बु“दालाई आफ्नो जीवनको लक्ष्य बनाएर उहा“ अघि बढ्नुभयो । यही आधारमा कोेइरालाले राजाको कदमविरुद्ध आठ पार्टीलाई साझा आन्दोलनमा उतार्नुभएको थियो । तर बीचमा एमाले र तत्कालीन प्रजातान्त्रिक कांग्रेस राजाको सो कदम सच्चिएको भन्दै सरकारमा सहभागी भए । तर कोइरालाले आफ्नो लक्ष्यबाट पछाडि हट्नुभएन । राजाको माघ १९, २०६१ को अझ कठोर शाही कदमपछि त नेता कोइरालाले सात पार्टीलाई शाही कदमविरुद्धको आन्दोलनमा उतार्नुभयो र सात पार्टीको साझा नेताका रूपमा उदाउनुभयो । सात पार्टीको साझा नेताका हैसियतमा उहा“ले सशस्त्र हिंसात्मक युद्धमा रहेको विद्रोही नेकपा माओवादीस“ग वार्ता र दिल्लीमा बाह्रबुँदे समझदारी गराउनुभयो । बाह्रबु“दे दिल्ली समझदारीपछि माओवादीकोसमेत नैतिक समर्थनमा सातदलीय आन्दोलन सफलतामा टुंगियो र प्रतिनिधिसभा पुनस्र्थापित भयो । कोइरालाले प्रतिनिधिसभा पुनस्र्थापनाको एक्लो अडान पूरा भयो ।
प्रतिनिधिसभाको पुनस्र्थापनापछि कोइराला माओवादीसमेतको सर्वस्वीकार्य नेताको रूपमा देखा पर्नुभयो । त्यसपछि उहा“ले अन्तरिम सरकारको नेतृत्वमात्र होइन, राष्ट्राध्यक्षको समेत कार्यभारको जिम्मा लिँदै राजाका सम्पूर्ण अधिकार संसद्बाट निलम्बन गरियो । यसरी सशस्त्र युद्धमा रहेको माओवादीलाई शान्तिपूर्ण रूपमा अन्तरिम संसद्मार्फत सरकारमा सहभागी कोइरालाले यी चार बुँदामा आधारित भएर गराउनुभयो ।
कोइरालाले शान्ति, लोकतन्त्र, समृद्धि र जनताका निम्ति शान्ति, स्वतन्त्र, सार्वभौम एवं अखण्ड नेपाललाई आधार मानेर वार्ता, अन्तरिम संसद्, अन्तरिम सरकार हुँदै माओवादीलाई संविधानसभाको निर्वाचनमार्फत लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी गराउनुभयो । संविधानसभाको निर्वाचनमा माओवादीलाई लिएर जानु कोइरालाका शान्ति र लोकतन्त्रका निम्ति प्रतिबद्धता र राजनीतिक जिम्मेवारीपूर्ण योगदान थिए ।
देशलाई समग्रमा हिंसा–प्रतिहिंसाबाट मुक्त गर्नुपर्छ, यो अवस्था रहेसम्म नेपालको प्रगति सम्भवै छैन भन्ने उहा“को स्पष्ट धारणा संविधानसभाको निर्वाचन सम्पन्न गराएर नयाँ संविधान दिलाउने प्रयासले स्पष्ट भएको छ । यसरी उहा“ले समग्रमा हिंसा–प्रतिहिंसालाई अन्त्य गर्दै समाजमा दिगो र स्थायी शान्तिबहाली गर्नका लागि माओवादीलाई शान्तिपूर्ण राजनीति र लोकतन्त्रको मूलधारमा ल्याउन अद्वितीय भूमिका खेल्नुभयो । यो नै उहा“को राजनीतिक जीवनको आधारभूत सिद्धान्तमा आधारित सबैभन्दा ठूलो उपलब्धि थियो ।
तर, गिरिजाप्रसाद कोइरालाले लिएको कार्यदिशा हालसम्म पनि निष्कर्षमा पुगिसकेको छैन । संविधानसभा निर्वाचनयता अहिलेसम्म आफ्नो जीवनकालमा उहा“ले सुरु गरेका कार्यले लक्ष्य प्राप्त गर्न बा“की नै छ । शान्ति–प्रक्रिया टुंगोमा पुगिसकेको छैन । संविधानसभाबाट नया“ संविधान बनाउने कार्य पनि पूरा भइसकेको छैन । यी कार्यलक्ष्य पूरा नगरी लोकतन्त्र संस्थागत हुन सक्दैन । त्यसैले कोइरालापछिको अबकोे पुस्ताले (नेपाली कांग्रेसको पुस्ताले मात्र होइन) उहा“ले लोकतन्त्र, शान्ति, समृद्धि र एउटा स्वतन्त्र, सार्वभौम र अखण्ड नेपालका निम्ति सुरु गर्नुभएको कार्यभार पूरा गर्ने जिम्मेवारी लिनु जरुरी देखिन्छ । यो जिम्मेवारी पुरा नभए न मुलुक रहन्छ न कोइरालाप्रतिको श्रद्धाञ्जली पूरा हुन्छ ।
गिरिजाप्रसाद कोइरालाले जीवनको अन्तिम घडीमा सबैलाई दिगो शान्ति र लोकतन्त्रका निम्ति बा“की कार्यभार पूरा गर्न सन्देश दिनुभएको छ । उहाँले माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री माधवकुमार नेपाललाई मात्र हैन राष्ट्रसंघका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव वि लिन पाक्सोमार्फत वान की मुनलाई समेत यो सन्देश दिनुभएको छ । यी कुराहरू उहाँले हामीलाई मात्र भन्न चाहनुभएको छैन, हामीमार्फत आमनेपाली जनतामा पुगोस् भन्ने उहाँको अन्तिम इच्छा थियो । शान्ति–प्रक्रियालाई तार्किक निष्कर्र्षमा पु¥याएर लोकतन्त्र र दिगो शान्ति स्थापना गर्न बा“की काम सफलतापूर्वक सम्पन्न गर्न उहा“ले सबैलाई सन्देश दिनुभएको छ ।
कोइरालाको शान्ति प्रक्रिया पूरा गर्ने अन्तरआत्माको चाहना थियो भन्ने कुरा पास्कोसँग भएको भेटले पनि स्पष्ट पार्छ । उहाँ पास्कोलाई भेटेको दिनमा भेट्न सक्ने अवस्थामा नभएकाले हामीले भेट हुन नसक्ने जानकारी दिएका थियांै । तर पाक्सोले कुरा गर्न नभई बिरामी कोइरालालाई भेट्ने इच्छा देखाएपछि हामीले भेट्न अनुमति दिएको थियौ । तर पास्को जब उहाँको शयनकक्षमा पुगे कोइराला स्पष्ट रूपमा ओछ्यानबाट उठेर कुरा गर्न थाल्नुभयो । जीवनको अन्तिम घडीमा मृत्युसँग जँुधिरहनुभएको कोइराला शान्ति प्रक्रियाका बारेमा एकाएक स्वस्थ्य मानिसझै बोल्दा लाग्थ्यो जीवनको अन्तिम लक्ष्य नै— शान्ति, लोकतन्त्र, समृद्धि, र जनताका निम्ति शान्ति, स्वतन्त्र, सार्वभौम एवं अखण्ड नेपाल हुन् । यसका लागि शान्ति प्रक्रिया टुंगोमा पुग्नुपर्छ ।
गिरिजाप्रसाद कोइराला समग्रमा शान्ति–प्रक्रियालाई निष्कर्ष दिन चाहनुहुन्थ्यो । त्यसमा देखिएका वाधा व्यवधान हटाउन र राजनीतिक निकास खोज्न उहा“ले निकै अघि एउटा उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणको प्रस्ताव गर्नुभएको थियो । हामीले प्रयास गरेका पनि थियौ“ तर निकै ढिलो गरी मात्र संयन्त्र बन्यो । त्यसको नेतृत्व पनि उहा“ले नै लिनुभएको थियो । यसले पूर्णता पाउन सकेको थिएन । यद्यपि, संयन्त्रका केही औपचारिक र केही अनौपचारिक बैठक भएका थिए । ती बैठकबाट हामीबीच थोरै भए पनि आशाको सञ्चार भएको छ । सहमति र सहकार्य एकताबाट देशलाई निकास दिन सकिन्छ, शान्ति–प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन सकिन्छ भन्ने । यहीबीच श्रद्धेय नेता कोइरालाको निधन भयो । उहा“को निधनबाट उच्चस्तरीय राजनीतिक संयन्त्रमा एउटा ठूलो ‘भ्याकुम’ भएको छ । यसले संयन्त्रमा शून्यता र रिक्तताको अवस्था सिर्जना गरेको अनुभव भइरहेको छ । तर, यो विश्वास गर्न सकिन्छ, उहा“ले दिएका यी चार विचार र निर्माण गरेका कार्यदिशा हामीस“गै छन् । यिनै विचार र कार्यदिशामार्फत गिरिजाप्रसाद कोइरालालाई जीवन्त राखेर हामी अगाडि जान सक्छौ“ ।
गिरिजाप्रसादलाई वास्तवमा नेपालका पहिलो जनताको छोराका रूपमा राष्ट्रप्रमुख भने पनि हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका त उहा“ राष्ट्रपिता नै हुनुहुन्थ्यो । उहा“ आफैंले कांग्रेस कार्यसमितिमा गणतन्त्रमा जाने विचार नराखेको भए सायद त्यो प्रस्ताव पारित हुने नै थिएन । स्वयं गिरिजाबाबुले नेपाली कांग्रेसलाई गणतन्त्रमा लैजाने प्रस्ताव नराख्नु भएको भए महासमितिले त्यो प्रस्ताव पारित नै गर्ने थिएन । र, मुलुकमा गणतन्त्र आउने पनि थिएन । मधेस आन्दोलन अगाडि बढिरहेका बेलामा उहा“ले आन्दोलनरत नेतालाई वार्तामा बोलाउनुभयो र उनीहरूले उठाएको संघीयताको मुद्दालाई स्विकार्नुभयो । तर संघीय गणतन्त्र नेपालमा मुलुकको अखण्डतालाई शिरमा राख्नुपर्ने विचारमा स्पष्ट हुनुहुन्थ्यो । यसर्थ पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका राष्ट्रपिताका रूपमा गिरिजाप्रसाद कोइराला इतिहासमा जीवित रहनुहुनेछ ।
विश्वको लोकतान्त्रिक पद्धतिको इतिहासमा कोइरालाजस्ता नेता अहिलेसम्म भेटिएको छैन, खोज्दै जा“दा कहीँ कतै भेटिएलान्, त्यो बेग्लै कुरा हो । एउटै व्यक्ति राष्ट्राध्यक्ष र प्रधानमन्त्री पनि । अर्थात् राष्ट्रप्रमुख र कार्यकारी प्रमुख दुवै अधिकार ग्रहण गरेर पनि उहा“ले त्यसको रत्तिभर दुरुपयोग गर्नुभएन । उहा“को सबैभन्दा ठूलो विशेषता यही हो । संसारमा धेरै मानिस कुर्सीमा पुगिसकेपछि मात्तिन्छन्, आत्तिन्छन् अनि शक्तिको दुरुपयोग गर्छन् । तर, गिरिजाप्रसाद कोइराला जीवनको उत्तराद्र्धको अन्तिम कालखण्डमा राष्ट्राध्यक्षको अभिभारा सम्हाल्न पुग्नुभयो । त्यतिबेला उहा“ संसद्ले बनाएको नभई जनआन्दोलनले सहमतिका आधारमा बनाएका प्रधानमन्त्री हुनुहुन्थ्यो । उहा“लाई हामीले संसद्को बहुमत–अल्पमतको खेलबाट नभई जनआन्दोलनको बलबाट, राजनीतिक दलहरूको सहमतिबाट प्रधानमन्त्री बनाएका थियौं । राष्ट्राध्यक्ष पनि उहा“ सहमतिकै आधारमा हुनुभएको थियो । पछि अन्तरिम सरकारमा पनि सहमतिबाटै उहा“लाई प्रधानमन्त्री बनायौं । सहमतिको प्रधानमन्त्रीलाई सम्पूर्ण सहमतिबेगर हटाउन सकि“दैनथ्यो । फेरि राष्ट्राध्यक्ष पनि उहा“ नै हुनुहुन्थ्यो । अर्थात् सर्वशक्तिमान हुनुहुन्थ्यो । तर, उहा“ले अलिकति पनि अधिकार दुरुपयोग गर्नुभएन । उहा“को राजनीतिक जीवनको सबैभन्दा ठूलो विशेषता यही हो भन्ने मलाई लाग्छ । प्रधानमन्त्रीको पद टिकाउन नेताहरू अपहत्ते गर्छन्, तर गिरिजाप्रसाद कोइरालाले भने त्यस्तो गर्नुभएन । उहा“ले सहमतिको राजनीतिलाई नतोडीकन होसियारीपूर्वक अगाडि बढाउनुभयो । गिरिजाबाबुले स्थापित गर्नुभएको सबैभन्दा ठूलो राजनीतिक मूल्य हो— कुर्सीमा पुगिसकेपछि शक्तिको प्रयोग अत्यन्त न्यून गर्नु ।
जब मान्छे अत्यन्त शक्तिशाली हुन्छ, उपल्लो शक्तिमा पुग्छ, त्यतिवेला शक्तिको प्रयोग सबैभन्दा बढी होसियारीपूर्वक निर्वाह कमैले मात्र गर्दछन् तर उहाँले अत्यन्त न्यून मात्रामा शक्तिको प्रयोग गरेर सबैलाई राजनीतिक जीवनको पाठ सिकाउनुभएको छ । शतप्रतिशत शक्ति आफूमा आएको अवस्थामा पनि शक्तिको प्रयोग उहा“ले अत्यन्त न्यून मात्र गर्नुभयो । यो नै उहाँको ठूलो विशेषता हो । राणाशासन पल्टाउँदा होस् वा पञ्चायत र राजाको निरंकुश शासन र राजतन्त्र नै ढाल्दासमेतका अनुभवबाट उहाँले लोकतन्त्रको वास्तविक अर्थ बुझ्नुभएको उहाँकै राजनीतिक व्यवहारमा देखियो । लोकतन्त्र भनेको शक्तिको न्यूनतम प्रयोग हो, लोकतन्त्रमा शक्तिको अधिकतम प्रयोगले तानाशाह जन्माउँछ । शक्तिको न्यूनतम प्रयोगले मात्र लोकतन्त्रमा जनताको हित हुन्छ । लोकतन्त्रको यो मर्म वास्तवमा सबैभन्दा बढी गिरिजाप्रसादले बुझ्नुभएको रहेछ भन्ने उहा“का राजनीतिक व्यवहारबाटै पुष्टि हुन्छ ।
गिरिजाप्रसाद कोइरालाको अन्तिम घडीको सन्देश छ— लोकतन्त्र र शान्तिका लागि सबै दल मिलून्, सहमति, सहकार्य र एकताको राजनीति अगाडि बढोस् । उहाँले प्रधानमन्त्री माधव नेपाल तथा माओवादी अध्यक्ष प्रचण्ड अनि कांग्रेस नेता हामीहरूलाई यही सन्देश दिनुभएको छ । शान्ति–प्रक्रिया निष्कर्षमा पुगोस् र नया“ संविधान समयमै निर्माण होस् भन्ने नै उहाँको अन्तिम चाहना थियो । उहा“ले यो सन्देश कांग्रेस एमाले, माओवादीका शीर्ष नेतृत्वलाई भन्नुभएको छ र यो विचार नेपाली जनतासम्म पुगोस् भन्ने उहाँको चाहना पनि थियो ।
( कोइरालाको १३ औं पुन्यतिथीमा राजधानी दैनिकमा प्रकाशीत विषेशांकका लागि खिला कार्कीसँग कुराकानीमा आधारित)
प्रतिक्रिया