काठमाडौं । २०६२/६३ को जनआन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको जन्म जयन्ती आज बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । कोइरालाको ९५ औं जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस र उसका भ्रातृ संस्थाहरुले विभिन्न कार्यक्रम गरि मनाउने तयारी गरेका छन् । २०६२/६३ सालको जनआन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको बिसं १९८१ असार १८ गते भारतको बिहारस्थित सहर्सा जिल्लामा जन्म भएको थियो । कोइरालाका बुवा कृष्णप्रसाद कोइरालालाई तत्काकालिन राणा शासकहरुले निर्वासनमा पठाएका बेला उनको भारतमै जन्म भएको थियो ।
नेपाली काँग्रेसको नेतृत्व र पटक पटक प्रधानमन्त्रीका रुपमा देशको नेतृत्व गरेका कोइरालाले पछिल्लो समय देशमा गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका सबैका लािग स्मरणीय छ । कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो ।कोइरालाको नेतृत्वमा २००४ सालमा कोइरालाले नेपाल मजदुर कांग्रेसको स्थापना गरे, अहिले त्यसलाई नेपाल ट्रेड यूनियन कांग्रेसको रूपमा चिनिने गरेको छ । २००८ सालमा गिरिजाप्रसाद कोइराला नेपाली कांग्रेस मोरङ सभापति बने र २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासनको स्थापना हुनु पूर्वसम्म मोरङ सभापतिमा रहिरहे । २०१७ सालमा गिरफतार परे ।
करिब ६ वर्ष जेल जीवन विताएका रिहाई भएपछि भारतमा निर्वासित भए । मेलमिलापपछि गिरिजाप्रसाद २०३५ सालमा नेपाल फर्किए । गिरिजाप्रसाद २०३१ सालदेखि २०४७ सालसम्म कांग्रेसको महामन्त्री भए । २०५३ सालदेखि मृत्यु नहदाँ सम्म लगातार कोइराला पार्टी सभापति भइरहे । २०४६ सालको जनआन्दोलन र २०६२/६३ को आन्दोलनमा सक्रिय रूपमा सहभागी भएका थिए, २०४६ साल आन्दोलनले पञ्चायती व्यवस्थालाई हटायो, २०६२/६३ को आन्दोलनले राजतन्त्र अन्त्य गरी संघीय गणतन्त्रको स्थापना गरायो ।
प्रतिक्रिया