भारत । भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आज बस दुर्घटना हुँदा कम्तीमा ४७ जनाको मृत्यु भएको छ । उत्तरा खण्ड राज्यमा पर्ने हिमालयन भन्ने ठाउँमा रहेको साँघुरो बाटोमा बस दुर्घटनामा परेको प्रहरी अधिकारीले बताएका छन् ।
दुर्घटनामा परी ४७ जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकृत दिपेश चन्द्र कालाले बताए । उनले घटनाका बारेमा खवर पाउने वित्तिकै उद्धार तथा सहयोगी टोली घटनास्थलमा पुगेर उद्धार गरेको पनि जानकारी दिए । बस सडकबाट ६० मिटर तल खसेको अधिकारीले जनएका छन् ।
यसैबिच भारतको उत्तरा खण्ड राज्यमा अज भएको बस दुर्घना प्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले ट्वीटर मार्फत दुःख व्यक्त गरेका हुन् । साधै घाइते भएकाहरु प्रति स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
प्रतिक्रिया