देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कानुनमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको आपत्ति

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारमा सहभागी हुन गरेको भागवण्डाको आव्हान प्रति आपत्ति जनाउँदै सदनमा जवाफ माग गरेको छ ।

संसदलाई कमजोर बनाउँदै प्रमुख प्रतिपक्षी दल संसदमा नहोस् भन्ने दृष्टिकोणबाट मन्त्री तामाङको अधिनायकवादी प्रवृतिको अभिव्यक्ति आएको भन्दै कांग्रेसले सदनमा मन्त्रीको जवाफ माग गरेको हो । आइतबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले प्रमुख प्रतिपक्षी दललाई मन्त्री तामाङले सरकारमा आउनका लागि गरेको भागवण्डाको आव्हान प्रति आपत्ति जनाएकी हुन् ।

संविधान कार्यान्यन गर्ने चरणमा रहेको सरकारका जिम्मेवार मन्त्रीले सदनलाई प्रमुख प्रतिपक्षी दललाई कमजोर बनाउने गरी संसदीय मूल्य मान्यता विरुद्धको अभिव्यक्ति दिएको भन्दै त्यसबारे सदनमा जवाफ माग गरीन् ।

संविधान कार्यान्वयनका लागि प्रतिपक्षी दलको सहयोग लिएर अघि बढ्नुपर्नेमा प्रतिपक्षी दलको सहयोग नलिने दृष्टिकोणबाट कानुनमन्त्रीको भनाई आएको भन्दै उनले भनीन् “ संविधान कार्यान्वयनक लागि अझै ३५ वटा भन्दा बढी कानुन पास गर्नुपर्छ । त्यो कानुन पास गर्नका लागि संसदको आवश्यकता त पर्ला रु प्रमुख प्रतिपक्षी दलको आवश्यकता त पर्ला रु कहिँ कतै संविधानको ति विषय वस्तुलाई कार्यान्वय नगर्ने नियत त होइन ?”

उनले कांग्रेस संसद छोडेर बाहिर नजाने चेतावनीसमेत दिइन् ।

मन्त्री तामाङले शनिबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेसले संवैधानिक निकायमा अंशबण्डा खोजेको तथा भागण्डा खोज्ने भए सरकारमा सहभागी हुन आउनु भन्ने अभिव्यक्ति दिएका थिए ।