कानुन अनुसार चल्दा पनि मिडियाले अनेक आरोप लगाएर सास्ती दिएपछि म्यानपावर व्यवसायीले सार्वजनिक वक्तव्य जारी गरेर आफू निर्दोष भएको जानकारी दिएका छन् । केही मिडियाले म्यानपावर व्यवसायीहरूलाई बन्दुकधारी डनको संज्ञा दिदै समाचार प्रकाशित गरेपछि पूरी त्यसको प्रतिरोधमा उत्रिएका हुन् । पूराीले बुधबार विज्ञप्ति जारी गर्दै आफूसँग हतियार भएको सत्य भएपनि प्रहरीले फिर्ता गर्न भनेपछि आँफै गएर हतियार बुझाएको जानकारी दिएका छन् । आफू १५ वर्षदेखि म्यानपावर व्यवसायमा आवद्ध रहेको भन्दै अहिलेसम्म कसैलाई पनि धम्काउने काम नगरेको र शोखका लागि हतियार राखेको पुरीले जनाएका छन् । शौखका लागि हतियार राखेपनि डन र मिटरब्याजीसँगै समाचार आउँदा दुख लागेको पनि पुरीले बताएका छन् ।
‘ममाथि जुन आरोप लगाइएको छ, त्यो सरासर गलत छ । हतियार देखाएर कसैलाई तर्साउनुपर्ने मानिस म होइन । म सँग हतियार भएको सत्य हो । तर, मैले त्यो हतियार कहिल्यै बोकेर हिडेको थिइन । हतियार देखाएर तर्साउने मेरो कल्पना भन्दा बाहिरको बिषय हो । केवल सोखका लागि बैंकका एक सीईओ साथीले भनेर किनेर राखेको थिएँ । तर, एक्कासी एक महिनाअघि महानगरीय अपराध महाशाखाबाट मेरो हतियारको लाइसेन्स रद्द गरेको जानकारी दिइयो’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि मैले आफैं टेकुस्थित महाशाखामै गएर मसँग भएको हतियार बुझाएको हुँ । लाइसेन्स रद्द गरेको जानकारी पाउनासाथ मैले स्वयं गएर हतियार बुझाएको विषयमा प्रहरीले नियन्त्रणमा लिएको भन्ने प्रचार हुँदा दुःख लागेको छ । महाशाखाले मेरो हतियार नियन्त्रणमा लिएको होइन, म आफैंले महाशाखामा लगेर बुझाएको हो ।
र, अपराध महाशाखा प्रमुख धिरजप्रताप सिंहलाई मै हतियार बुझाउँन आएको बिषयमा मोवाइलबाट जानकारी गराएँ र भेट्न चाहेको कुरा बताएँ । तर कार्यालय बाहिर भएकाले ढिला हुन्छ भनेपछि म डीएसपीलाई हतियार बुझाएर फर्किएको थिएँ । तर प्रहरीको हवाला दिएर मेरो हतियार नियन्त्रणमा लिएको प्रचार गरी मलाई बदनाम गर्न खोजिएकोमा दुःख प्रकट गर्दछु । मैले हतियार देखाएर कसैलाई धम्की दिएको वा तर्साएको कुनै प्रमाण भए म जुनसुकै सजाय भोग्न तयार छु । तर गर्दैै नगरेको आरोप लगाउँदा म मर्माहत भएको छु ।’
प्रतिक्रिया