देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान प्रतिकुल अभिव्यक्ति आएको भन्दै नेता खाँणको आपत्ति

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले ठूलादलका नेताबाट संविधान प्रतिकुल अभिव्यक्ति आएको भन्दै आपत्ति जनाएका छन् ।

३० औ संसद दिवसको अवसरमा पुर्व सांसद मञ्चले सनिबार संघीय संसद भवनमा आयोजित कार्यक्रममा उनले संविधान कार्यान्वयनको दिशामा अघि बढ्दै गर्दा संविधानको मुल अवधारणामा नै प्रतिकुल प्रभाव पर्ने गरि जिम्मेबार ठूला दलका नेताबाट मुलुक फेरी एकपटक कार्यकारी प्रमुख निर्वाचनको दिशामा अघि बढ्छ भन्दै हिँडेको भन्दै आपत्ति जनाएका हुन् ।
लामो संघर्ष र मेहनतका साथ संविधानसभाबाट बनेको संविधानले कार्यान्वयनको बामे सर्दै गर्दा जिम्मेवार नेताबाट संविधानको मुल अवधारणामा प्रतिकुल प्रभाव पर्ने अभिव्यक्ति आउनु गलत भएको टिप्पणी गरे ।

उनले ६० बर्षको इतिहास बोकेको संसदीय व्यवस्थामा देखिएका कमि कमजोरीलाई हटाई सफल व्यवस्थाको रुपमा स्थापित गराउन पुर्वाग्रहरहित ढंगले सहयोग गर्न पनि पुर्व सांसदहरुलाई आग्रह गरे । प्रमुख सचेतक खाँडले सांसदले निर्वाह गरेको भुमिकाका कारण संसदीय व्यवस्था प्रति आम नागरिकको धारणा बन्ने भएकाले सबै सांसदहरु जिम्मेवार र सहज हुनुपर्ने आवश्यकता औल्याए ।

नेकपाका प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय स्वाधिनता र प्रजातन्त्रको रक्षा एकसाथ अघि बढाउनुपर्ने आवश्यकता औल्याए । नेपालमा बहुराष्ट्रिय कम्पनीहरुको बढ्दो एकाधिकारका कारण मुलुकको राष्ट्रिय स्वाधिनता र आन्तरिक लोकतन्त्र खतरामा पर्न सक्ने भएकाले त्यस तर्फ चनाखो हुनुपर्नेमा उनले जोड दिए ।