देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनताका सबै आवाज संसदभित्र पुर्याउन सभामुख महराको आग्रह

देशान्तर

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले सार्वभौमसत्ता प्रयोग गर्ने उच्चतम थलो भएकाले जनताका सबै आवाज संसदभित्र पुर्याउका लागि पूर्वसांसदहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

३० औ संसद दिवसको अवसरमा सनिबार संघीय संसद भवनमा आयोजित कार्यक्रममा सभामुख महराले संसद भित्र रहेका राजनीतिक दल भन्दा बाहिरका आवाजको सम्बोधनका लागि पुर्व सांसदहरुले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताएका हुन् । संसदभन्दा बाहिर अभिव्यक्त भईरहेका आवाजलाई पनि संसदमा प्रवेश गराउन सके सम्पुर्ण जनताको सार्वभौम सत्ताको प्रयोग गर्ने थलोको रुपमा संसद चित्रित हुने भन्दै उनले त्यसतर्फ यथेष्ट ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।

सभामुख महराले राजनीतिक रुपमा सामन्तवादको अवशेष नरहेपनि समाजिक र सांस्कृतिक रुपमा अझै कायम रहेको र तीनले नागरिकका अधिकार कुण्ठित गर्न सक्ने तर्फ गम्भीर हुनुपर्ने बताए । उनले आम नागरिकको अधिकार स्थापित गराउनका लागि पुर्व सांसदहरुको सल्लाह सुझाव सधै स्वीकार्य हुने बताए ।राज्यसंग छलफल गरेर जनताको हित अनुकुल वातावरण बनाउनका लागि आवश्यक सुझाव दिन पनि उहाँले पुर्व सांसदहरुलाई आग्रह पनि गरेका छन्.