रुस । रुसमा जारी २१ औं संस्करणको विश्वकप प्रतियोगितामा नकआउट चरणका खेलहरु आजबाट शुरु हुदैछन् । आज सन् १९९८ को विजेता फ्रान्स र दुई पटकको विश्वविजेता अर्जेन्टिनाको खेलसँगै प्रिक्वार्टरफाइनल चरण सुरु हुँदैछ । आजै पोर्चुगलले दुई पटकको च्याम्पियन उरुग्वेसंग भिड्दै छ ।
फ्रान्स र अर्जेन्टिनाको खेल काजान एरिना, काजानमा आज साँझ पौने ८ बजे हुदैछ । अघिल्ला खेलहरु हेर्दा फ्रान्सको रक्षापंक्ति निकै बलियो देखिए पनि आक्रमणमा भने त्यती फिट देखिदैन । तर, एन्टोइन ग्रिजम्यान, पाउल पोग्वा र केलिन एमबाप्पेको तालमेल राम्रो भएमा फ्रान्सलाई क्वाटरफाइनलमा पुग्न धेरै अप्ठ्यारो छैन ।
फ्रान्ससंग यो प्रतियोगितामा कमजोर देखिएको अर्जेन्टिना भिड्दैछ । अर्जेन्टिनाका लागि लियोनल मेस्सीले खेलमा जादुयी खेल पस्कन सक्छन् । समग्र टिमको तालमेल मिल्यो र मेस्सीले अपेक्षाकृत प्रदर्शन गर्न सके भने फ्रान्सलाई रोक्न सक्ने विश्लेषण पनि खेलका जानकारहरु बताउछन् ।
त्यसैगरी अर्को खेल उरुग्वे भर्सेस पोर्चुगलको हुदैछ । फिष्ट ओलम्पिक रंगशाला, सोचीमा आज राति पौने १२ बजे हुने खेल पनि रोचक हुनेछ । समूह चरणमा उत्कृष्ट खेल प्रदर्शन गरेको टोली हो उरुग्वे । समूह चरणमा इजिप्ट, साउदी अरव र घरेलु टोली रुसलाई हराउँदा उरुग्वेको सबै पक्ष बलियो देखिएको छ । उरुग्वे इसतो टिम हो जसले जारी विश्वकपमा अहिलेसम्म एक गोल पनि खाएको छैन । उसले समूह चरणका तीनै खेल जितेको थियो र त्यसक्रममा उसले गोल हान्यो मात्रै खाएन । उरुग्वेको बलियो पक्ष भनेको रक्षापंक्ति हो । उरुग्वेका लागि लुईस स्वारेज र एडिन्सन काभानीको प्रदर्शन लोभलाग्दो छ ।
उरुग्वेसंग आजको खेलमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डोको प्रदर्शन कस्तो हुने हो धेरैको लागि कौतुहुल्ता छ । किनभने रोनाल्डो ह्याट्रिकका बाबजुद पोर्चुगलको लागि एकल भए पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । पोर्चुगलका कप्तान रोनाल्डोले रुसमा जारी विश्वकप फुटबलमा अहिलेसम्म चार गोल गरेका छन् । तर, अहिले पोर्चुगलको रक्षापंक्ति कमजोर देखिएको छ । कप्तान तथा स्टार स्ट्राइकर रोनाल्डोलाई रोक्न सकेमा उरुग्वेले पोर्चुगलको ५० प्रतिशत चुनौती रोक्न सक्ने उरुग्वेका पूर्व स्ट्राइकर डिएगो फोर्लानले बताएका छन् ।
आजको भिडन्तमा विश्वकै उत्कृष्ट डिफेण्डर भर्सेस सम्भवतः विश्वकै उत्कृष्ट स्ट्राइकर एथ्लेटिको मड्रिडका स्टार डिफेण्डर डिएगो गोडिन र क्रिष्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धा यस खेलमा हेर्नलायक हुनेछ ।
दुई पटकको विश्व विजेता उरुग्वे पोर्चुगलका लागि कडा प्रतिस्पर्धी हो । राष्ट्रिय टिमका लागि ११२ खेलमा ३६ गोल गरेका फोर्लानले उरुग्वे डिफेन्सिभ टिम रहेको र राम्रा डिफेन्डर टिममा रहेको बताएका छन् ।
रोनाल्डोको टोलीले लुइस स्वारेज र इन्डिसन काभानीको टोलीको सामना गर्दा फर्नान्डो सान्तोष पोर्चुगलले अघि बढ्नेमा आशावादी छन् । टोलीका सदस्य केड्रिक सोरेसले रोनाल्डो उरुग्वेविरुद्ध चम्कने बताएका छन् ।
प्रतिक्रिया