देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लघुवित्तबाट २ करोड ५० लाख ठगी गर्ने ४ जना पक्राउ

देशान्तर

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको साँगास्थित सामुदायिक लघुवित्त वित्तिय संस्थाबाट नियमविपरित रकम प्रवाह गरेर २ करोड ५० लाख ठगी गरेको भन्दै सञ्चालक समितिको अध्यक्षसहित चार जना पक्राउ परेका छन् ।

पाल्पाको तानसेन स्थायी घर भएका सञ्चालक समितिका अध्यक्ष हीरा विश्वकर्मा, काठमाडौंको खिचापोखरी स्थायी घर भएका सञ्चालक समिति सदस्य चण्डेश्वरी प्रधान, अर्का सदस्य ललितपुर गोदावरीका बटुकृष्ण कार्की र ललितपुर स्थायी घर भएका तत्कालिन सीईओ स्वयम्भु राम जोशीलाई नियन्त्रणमा लिईएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

संचालक समिति र तत्कालिन प्रमुख कार्यकारी अधिकृतको मिलेमतोमा उनीहरुले संस्थालाई २ करोड ५० लाख हानी गरेको बताईएको छ । पक्राउ परेकाहरुमाथि बैंकीङ कसुर तथा सजाय ऐन–२०६४ बमोजिम उच्च अदालत पाटनबाट म्याद लिएर अनुसन्धान भईरहेको सीआईबीले जनाएको छ ।

संस्थाका तत्कालित सीईओ स्वयम्भु राम जोशीले आफ्नै संस्था ‘नेपाल महिला उत्थान केन्द्र’ लाई आधिकारीक निकायको स्वीकृती बिना ‘गुड विल’ को रुपमा भनी मिलेमतोमा २ करोड ५० लाख रकम प्रवाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सीईओ जोशीले राष्ट्र बैंकको निती निर्देशन तथा ऐन कानुन विपरीत तलव भत्ता लगायतको शिर्षकमा थप ७ लाख ४४ हजार भुक्तानी लिएको पाईएको छ ।

निर्धारित हदभन्दा बढी संस्थाको शेयर लिएको स्वयम्भु राम जोशीलाई नियामक निकायको निर्देशनको अवज्ञा हुनेगरी संचालक समितिले मिलेमतोमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेर अनियमितताको श्रृङ्खला शुरु गरेको ब्यूरोले जनाएको छ ।