काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कुनै पनि क्षेत्रमा असफल हुन नसक्ने बताएका छन्। प्रनिनिधिसभा बैठकमा सांसदहरुसँगको सवालजवाफका क्रममा प्रधानमन्त्री ओलीले सरकार कुनै पनि क्षेत्रमा असफल हुन नसक्ने बताए। ‘सरकार कानुनबमोजिक चल्छ र कानुनबमोजिम चलाउँछ’ उनले भने।
कर्मचारी खटाउन असफल भएको भन्ने गलत भएको भन्दै सरकारले अधिकारको प्रयोग विधिपूर्वक, अधिकारसम्मत गर्दै अघि बढ्ने बताए। ‘दुनियाँलाई दुःख दिए मात्र विरोध हुने नत्र नहुने भन्नु गलत प्रवृति हो’ उनले भने।
कानुनभन्दा माथि कोही पनि नहुने भन्दै ओलीले भने‘ कानुन सरकारलाई मात्र लागु हुने, अरुलाई लागू नहुने हुनुहुदैँन’ तानाशाही ढाल्न जनता दरबारभित्र पनि पस्न सक्ने उनको भनाई थियो । तानाशाहीमा लोकतन्त्र फस्टाउन नसक्ने उनले बताए।
देशमा रेल कुदाएरै छाड्ने ओलीले प्रतिवद्वता व्यक्त गरे।
प्रतिक्रिया