काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा अहिले नेतृत्वको नभई नीतिको बहस आवश्यक भएको बताएका छन् ।
आजदेखि दैनिक कार्यालय जानेक्रममा उपसभापति निधिले पार्टीमा नितिको बहश आवस्यक भएको बताएका हुन् । निधिले शुक्रबार देखि विहान साढे ८ देखि साढे १२ बजेसम्म कार्यालयमा बस्ने योजना बनाएको जानकारी पनि दिए ।
सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उपसभापति निधिले संघीयता, गणतन्त्र लगायतका परिवर्तनका उपलब्धीहरुको पक्षमा जनमत बनाउनु पर्नेमा जोड दिए । कांग्रेसमा अहिले नेतृत्व परिवर्तनको बहस भइरहेको भन्दै उनले नेतृत्वको नभएर नीतिको बहस गर्न आवस्यक भएको दोहोर्याए ।
उनले संघीयता गणतन्त्र लगायतका परिवर्तनको पक्षमा कांग्रेसका सबै नेता प्रष्ट र प्रतिवद्ध हुन आवस्यक रहेको भनाइ राखे ।
पार्टी विधानले दिएको जिम्मेवारी अनुसार नीति निर्माण र प्रशिक्षणमा जुट्ने बताउदै निधिले पार्टीलाइ अब नितिगत रुपमा क्रियासिल बनाएर अगाडी बढाउन सबैतहका नेता तथा कार्यकर्ताले अठोट गर्न आवस्यक भएको बताए ।
प्रतिक्रिया