देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कञ्चनपुरमा दुई दिनदेखि बन्द यातायात सञ्चालन

देशान्तर

कञ्चनपुर । कञ्चनपुरमा दुई दिनदेखि बन्द यातायात सेवा आज बिहानदेखि सञ्चालनमा आएको छ । 

मङ्गलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा यातायात व्यवसायी, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँगको बैठकमा बन्द यातायात सञ्चालन गर्ने सहमति भएपछि यातायात सेवा सञ्चालन भएको हो । 

बैठकमा नमस्ते शुक्लाफाँटा यातायात सेवा वैधानिक भए÷नभएको बारे यातायात व्यवस्था विभागमा पत्राचार गर्ने र विभागबाट प्रत्युत्तर आएपछि मात्रै वैध भएको खण्डमा यातायात सेवा सञ्चालन गर्न दिने सहमति भएको छ । यातायात व्यवसायीले एकअर्काका बस तोडफोड नगर्ने र तोडफोड गरेको खण्डमा कारबाही गर्ने बैठकमा सहमति भएको छ । 

नमस्ते शुक्लाफाँटा यातायात व्यवसायी समितिको आधिकारिकताको विषयलाई लिएर महाकाली र पवनदूत यातायात व्यवसायी समितिले यातायात सेवा बन्द गरेको थियो । सोही क्रममा दुईवटा बसमा समेत तोडफोड भएको थियो ।

]]>