देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिका प्रवेशमा मुस्लिम देशका नागरिकलाई प्रतिबन्ध

देशान्तर

एजेन्सी । अमेरिकी सर्वोच्च अदालतले कैयौँ मुस्लिम देशका नागरिकमाथि अमेरिका आउन ट्रम्प प्रशासनद्वारा लगाइएको प्रतिबन्धलाई जायज ठहर गरेको छ ।

यसभन्दा पहिले अमेरिकाको तल्लो अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको फैसलालाई असंवैधानिक ठहर गरेको थियो । तर मंगलबार अमेरिकाको सर्वोच्च अदालतले तल्लो अदालतको फैसला उल्टाउँदै ‘ट्राभल ब्यान’ लाई सही ठहर गरेको हो ।

यात्रा प्रतिबन्धअन्तर्गत इरान, लिबिया, सोमालिया, सिरिया तथा यमनका नागरिकमाथि अमेरिका प्रवेशमा रोक लगाइएको थियो । ट्रम्प प्रशासनको यो निर्णयलाई शरणार्थीसँग सम्बन्धित तथा मानवअधिकारवादी संगठनले विरोध गरेका थिए ।

यो प्रतिबन्धमा केही संशोधन भने गरिएको छ । यसभन्दा पहिले प्रतिबन्धको सूचीमा इराक र चाड पनि समावेश थिए । तर पछि यी दुई देशका नागरिकमाथि लागेको प्रतिबन्ध भने हटाइएको थियो ।