देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चार संसदीय समितिको सभापति पाउनुपर्ने कांग्रेसको माग

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन र राष्ट्रियसभामा एक गरी चार वटा समितिको सभापति पाउनुुपर्ने दाबी गरेको छ । संसद् नियमावली पारित भएपछि समिति गठनको तयारीसँगै कांग्रेसले यस्तो दाबी गरेको हो ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी संसदमा २३ प्रतिशत सांसद कांग्रेसका भएको भन्दै उसले चारवटा समितिको सभापति दाबी गरेको हो । प्रमुख सचेतक बालकृष्ण खाँण र सचेतक पुष्पा भुसाालले सभामुख कृष्णबहादुर महरासँग भेटी प्रतिनिधिसभा र राष्ट्रियसभाका चारवाट समितिको सभापतिमा कांग्रेसको दाबीसहितको प्रस्ताव राखेका छन् । कांग्रेसका प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभामा १३ सांसद रहेका छन् ।

सहमति बमोजिम समितिको सभापति नदिए बहुमतीय रूपमा जाँदा कांग्रेसले आफ्ना सदस्यलाई प्रतिनिधिसभामा तीन वटा र राष्ट्रियसभामा एउटा समितिमा मात्र राख्ने भएको छ । प्रतिनिधिसभामा लेखा समितिसहित ३ र राष्ट्रियसभाको एउटा समितिको सभापति कांग्रेसलाई दिन सहमत नभए बहुमत पु¥याउन प्रतिनिधिसभामा तीन र राष्ट्रियसभामा एक समितिमा मात्र सदस्य राख्ने तयारी कांग्रेसले गरेको छ ।

प्रतिनिधिसभा नियमावलीअनुसार १०, राष्ट्रियसभा नियमावलीअनुसार ४ र संयुक्त नियमावलीअनुसार दुईवटा संयुक्त समिति र एउटा महाभियोग सिफारिस समितिसहित १७ वटा संसदीय समिति गठन हुनेछन् । प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले समिति गठनका लागि दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरिरहेका छन भने संसद् सचिवालयले सबै दललाई समितिमा रहने सदस्यको नाम दिन आग्रह गरिरहेको छ ।