काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।
आज हनुमान ढोका स्थित गद्दी बैठक भवन पुनर्निर्माण सम्पन्न भई हस्तान्तरण कार्यक्रमको उद्घाटनको क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले यस भवनको पुनर्निर्माण (रेक्ट्रो फिटिङ) का लागि सहयोग गरेकोमा अमेरिका राजदुतवास माफर्त अमेरिकी सरकारलाई आभार प्रकट गरेका छन् । भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने, ऐतिहासिक र साँस्कृतिक महत्वका भएको बताए ।
२०७२ सालको भूकम्पले ९ हजार भन्दा बढी घर भत्काएको, लाखौं मानिस घरबार विहिन भएको,सयौं साँस्कृतिक धरोहरहरु क्षतविक्षत भएको प्रधानमन्त्री ओलीले स्मरण गरे । “हामी भूकम्पले क्षतीग्रस्त अवस्थामा भएका बेला अमेरिकाले गरेको सहयोग उल्लेखनीय छ ” प्रधानमन्त्री ओलीले भने, “हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौं ।”
प्रधानमन्त्री ओलीले भूकम्प पछिको पुननिर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे । फेरी पनि भूकम्प आउन सक्ने भएकोले अबको पुनर्निर्माण थप गुणस्तरीय हुनु पर्ने प्रधानमन्त्रीको भनाइ छ ।
प्रतिक्रिया