प्यूठान । एसईई परीक्षा २०७४ मा सम्मिलित भई चार जिपिए सहित नेपाल प्रथम भएको प्यूठानी एक विद्यार्थीले दावी गरेका छन् । प्यूठान नगरपालिका–७ टिकुरी निवासी सागर बैद्यले प्रेशस पब्लिक इङ्गिलिस स्कुल भक्तपुरबाट एसईई परीक्षा दिएका हुन् । सर्वश्रेष्ठ नम्वर सहित आफु नेपाल प्रथम भएको उनले दावि गरेका छन् ।
अतिरिक्त गणित र लेखा पढेका सागरले सवै विषयमा ४ जेपिए प्राप्त गरेका छन् । ‘०२८४४२१ जी’ सिम्वोल नम्बर रहेका बैद्यको जन्म मिति २०५९र०२र१० रहेको छ ।
सागरले स्थानीय शिशु कल्याण नेपाल राष्ट्रिय प्राथमिक विद्यालय टाकुराचौर प्यूठानबाट प्रारम्भिक अध्ययन शुरु गरेका हुन् । तीन देखि कक्षा ७ सम्म प्यूठानको बाग्दुला स्थिति प्यूठान भ्यालि एकेडेमी अध्ययन गरेका सागर कक्षा ८ देखि प्रेशस पब्लिक इङ्गिलिस स्कुल भक्तपुरमा अध्ययन गरेको उनको वुवा कौशल बैद्यले जानकारी दिए । ज्ञान विषयमा कक्षा ११ पढ्ने इच्छा सागरले व्यक्त गरेका गरेका छन् ।
प्रतिक्रिया