प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पुरा गरी आज स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओली केहीबेरअघि स्वदेश आइपुगेका हुन्। प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री, मन्त्री, राष्ट्रिय सभाका सभामुख, प्रतिनिधि सभाका सभामुखलगायता उच्चस्तरीय सरकारी अधिकारी विमानस्थल पुगी स्वागत गरेका हुन्। प्रधानमन्त्री ओली यही असार ५ गते चीन प्रस्थान गरेका थिए।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच रेलमार्गसहित विभिन्न १४ विषयमा सम्झौता र सहकार्यका लागि पत्र आदानप्रदान भएको थियो। यसैबीच ओलीले आफ्नो चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिपूर्ण भएको बताएका छन्। आफूले चीन जानुभन्दा अघि गरेको प्रतिवद्धताभन्दा बढी उपलब्धि भएको प्रधानमन्त्रीको भनाइ छ।
चीन भ्रमणबाट स्वदेश फर्कने क्रममा अन्तराृष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिङपिङ उपयुक्त समयमा नेपाल आउने बताए। प्रधानमन्त्री ओलीले नेपालसम्म रेल पुर्याउन चीन तयार रहेको बताउँदै फिजिविलिटी अध्ययनपछि लगानीको विषय टुङ्गो लाग्ने बताए। लगानी कसले गर्छ भन्ने प्रश्नमा प्रधानमन्त्रीले भने ‘जोसँग पैसा छ उसैले बताउँछ।’
तयारी नपुगेका कारण पारवहन सम्झौतामा हस्ताक्षर हुन नसकेको उनले बताए। प्रधानमन्त्री ओलीका अनुसार जुलाई भित्र द्धिपक्षीय छलफलबाट पारवहन सम्झौताको प्रोटोकल टुङ्गो लाग्ने बताए।
प्रतिक्रिया