देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाअभियोग प्रस्ताव पेस नै नभई संसद् बैठक आइतबारसम्मलाई स्थगित

देशान्तर

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठक सूचना टाँस गरी स्थगन भएको छ । 

बैठक आज दिउँसो १ बजेका लागि निर्धारण गरिएकामा सभामुख ओनसरी घर्तीले यही कात्तिक ७ गते बिहान ११ बजेसम्मका लागि स्थगन गर्नुभएको संसद् सचिवालयको सूचनामा जनाइएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध बुधबार दर्ता भएको महाभियोगका प्रस्ताव पेस गर्ने बैठकको कार्यसूची रहेकामा राजनीतिक दलबीच परामर्श जारी रहेकाले बैठक स्थगन भएको हो । 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का १५७ सांसदले बुधबार महाभियोगको प्रस्ताव दर्ता गरेका थिए । 

]]>