देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खाद्य सुरक्षाको अभियानलाई घर-घर पुर्‍याउनु पर्छः उपराष्ट्रपति

देशान्तर

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले खाद्य सुरक्षाको अभियानलाई घर–घर पुर्‍याउनु पर्नेमा जोड दिएका छन् ।

राजधानीमा शुक्रबार आठौं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन उद्घाटन गर्दै उनले खाद्य सुरक्षालाई योजनाबद्ध रुपमा ग्रामिण क्षेत्रसम्म पुर्‍याउनु पर्नेमा जोड दिएका हुन् ।

अहिले बजारमा अखाद्य बस्तुको प्रयोग बढ्दै गएको भन्दै उनले उपभोक्तालाई अखाद्य बस्तु मापनको बारेमा चेतना बिस्तार गर्नु पर्नेमा जोड दिए । उनले खाद्य सुरक्षाको अभियानका लागि निजी र सरकारी क्षेत्रको सहकार्य आवश्यक रहेकोले खाद्य बस्तुमाथि बढ्दो बिषादी प्रयोग न्युनिकरण आवश्यक रहेको बताए ।

खुल्ला सिमानाका कारण पनि अहिले विभिन्न क्षेत्रबाट गुणस्तर मापन नगरिएका अखाद्य बस्तु भित्रिने गरेको भन्दै उनले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने अधिकार कसैलाई पनि नहुने बताए ।

भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले बजारमा अखाद्य बस्तुको बिगबिगी बढ्दै गएकाले सरकारले त्यसको निगारानीलाई तिव्रता दिएको बताए । उनले नागरिकको स्वास्थ्यमा सरकार सचेत रहेको पनि प्रष्ट पारे ।

विभिन्न देशका खाद्य वैज्ञानिकको सहभागिता रहेको सम्मेलन दुईदिनसम्म चल्ने छ ।