काठमाडौँ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज तिब्बतको ल्हासा प्रस्थान गर्ने छन् । २ः५५ बजे ल्हासा विमानस्थल अवतरण भएको एक घन्टापछि प्रधानमन्त्री ओली ल्हासास्थित नेपाली महावाणिज्य दूतावास पुग्ने छन् ।
अपराह्न ३ः५५ देखि ५ बजेसम्म महावाणिज्यदूतावासमै ल्हासास्थित नेपालीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । साँझ ८ः३० बजे होटेल सांग्रिलामा नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीद्वारा आयोजित रात्रिभोजमा सहभागी हुने छन् । प्रधानमन्त्री सोही होटेलमा बस्ने कताइएको छ ।
ओली भोली केहि कार्यक्रमहरुमा सहभागी हुने तालिका छ । यसअघि हिजो नेपाल र चीनबीच विद्युतीय कार्गो रेल काठमाडौं ल्याइनेसहित १० वटा सहमति र चार वटा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच हिजो भएको भेटवार्तामा रेलमार्ग निर्माण लगायतका बारे छलफल भएको थियो ।
प्रतिक्रिया