काठमाडौं । भारतलाई कर्मथलो बनाएका प्रसिद्ध गायक उदितनारायण झाको घरमा निर्माणसम्बन्धी काम गर्ने एक जना भारतीय मजदूरको बिहीबार करेन्ट लागेर मृत्यु भएको छ ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित गायक झाको घरमा निर्माण सम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर भारतीय मजदूरको २५ वर्षीय सञ्जीतकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।नयाँ घरको निर्माणको काम गर्दा ३७ हजार भोल्ट भएको विद्युतीय तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो ।
प्रतिक्रिया