देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी खछ्याङबीच आज भेटबार्ता

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ समकक्षी ली खछ्याङसँग भेट्दै छन । भेट चिनियाँ समय अनुसार अपरान्ह ४ बजे हुने बताइएको छ ।

चीनको ६ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हिजो बेइजिङको थ्यानआनमनस्थित ग्रेट हल अफ द पिपुल्समा भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री ओलीसँगको डेलिगेसनसँग सामूहिक वार्तामा बस्नुअघि सी र ओलीबीच छुट्टै कोठामा कुराकानी भएको थियो । त्यस क्रममा महत्वपूर्ण ९ बुँदे सम्झौता भएको छ ।

करिब ९ सय मेगावाट उत्पादन क्षमताका चार जलविद्युत् आयोजनामा चिनियाँ लगानी भित्रिने भएको छ । चिनियाँ कम्पनी र नेपाली निजी क्षेत्रबीच करिब १ खर्ब ८० अर्ब रुपैयाँ लागतमा कुल ८ सय ७९ मेगावाट क्षमताका चार आयोजनामा संयुक्त लगानी गर्ने लिखित सम्झौता भएको छ ।

चिनियाँ र नेपाली सरकारी तथा निजी क्षेत्रबीच सिमेन्ट र फलफूल उद्योग स्थापना तथा सिँचाइ परियोजनाका थप चार सम्झौतामा हस्ताक्षर भएको छ ।

चिनियाँ कम्पनीले दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्न हुवासिन सिमेन्ट उद्योग स्थापना गर्ने भएको छ ।

नेपाली पस्मिनालाई चिनियाँ बजारमा विस्तार गर्न २ लाखदेखि ५ लाख थान पस्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीन सरकारले पूर्वी तराईको सिँचाइ प्रणालीलाई व्यवस्थित गर्नसमेत सहयोग गर्ने भएको छ ।

पूर्वी तराईको सिँचाइ प्रणालीलाई व्यवस्थित गर्न बनाउन लागिएको बिरिङ, कमला, कन्काई नदी सिँचाइ परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यसैबीच चीन मैत्रीपूर्ण दौडको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन । बेइजिङ स्पोर्ट युनिभर्सिटिमा भएको दौडको उद्घाटन कार्यक्रममा नेपालका सबै मन्त्रीहरु सहभागी रहेका थिए ।

चीनका खेलकुद राज्य मन्त्री गाओ जिदानको उपस्थितीमा भएको दौडको उद्घाटन पेस्तोल पड्काएर गरिएको थियो । दौडमा नेपाल चीनका झण्डै ५० विद्यार्थी सहभागी थिए ।