काठमाडौं । राष्ट्रिय जनता पार्टीले तत्काल महाधिवेशन नगर्ने भएको छ । बरु निर्वाचन आयोगको आदेश छल्न पार्टी विधान नै संशोधन गर्ने भएको छ ।निर्वाचन आयोगले हालै मात्र असार मसान्तभित्र महाधिवशेन गर्न राजपालाई निर्देशन दिएको थियो ।
राजपाले विधान संशोधन गरेर आगामी वैशाखमा मात्र महाधिवेशन गर्ने निर्णय गरेको छ ।बुधबार सम्पन्न राजनीतिक समितिको बैठकले एक वर्ष्भित्र महाधिवेशन गर्ने उल्लेख रहेको पार्टी विधानको धारा २२ को उपधारा १० लाई संशोधन गर्ने निर्णय गरेको छ ।
त्यही व्यहोराको पत्र आयोगलाई पठाउने बैठकको निर्णय छ ।साथै अर्को वर्ष वैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने निर्णय भएको राजपाले जनाएको छ ।मधेस केन्द्रित ६ दल मिलेर गत वैशाखमा गठन भएको राजपा दल दर्ताका क्रममा निर्वाचन आयोगमा बुझाइएको विधानमा एक वर्ष्भित्र महाधिवेशन गर्ने उल्लेख थियो ।
त्यसलाई आधार बनाएर निर्वाचन आयोगले केही समय पहिले असार मसान्तभित्र महाधिवेशन गर्न निर्देशनात्मक आदेश दिएको थियो ।
प्रतिक्रिया