देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको हेटौँडा भेलामा बन्दसत्र सुरु

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलाको दोस्रो दिन आज देखि बन्दसत्र सुरु भएको छ । हेटौँडास्थित पल्पसा हलमा हिजोदेखि सुरू भएको भेलाको बन्दसत्र बिहान ८ः४५ देखि सुरु भएको हो ।

बन्दसत्रमा विधान संशोधनमा राय सुझाव संकलनका लागि डाकिएको राष्ट्रिय भेलामा ७७ जिल्लाका सभापतिहरूले आफ्ना धारणा राख्नेछन् ।

संघीय संरचना अनुसारको पार्टी विधान बनाउनका लागि सभापतिहरुको राय संकलन गरिने छ । भेलाबाट पारित निर्णयलाई भदौमा हुने महासमिति बैठकले अनुमोदन गर्नेछ । संघीयतापछि कांग्रेसको संगठन सोही अनुरूप गठन हुन विधानले रोकेको छ ।

बन्द सत्रमा एक पक्ष ७ प्रदेशबाट प्रतिनिधिमुलुक धारणाको लागि समय दिएर भेला छोट्याउने पक्षमा छ भने अर्को पक्षले सबै जिल्लाका पार्टी सभापतिहरूले बोल्न पाउनुपर्ने माग गरिरहेका छन् ।

स्थानीय तहको अवस्था जिल्ला सभापतिहरूले राख्न नपाए भेलाको औचित्य नहुने दोलखा जिल्ला सभापति रुद्रबहादुर खड्काले जानकारी दिएका छन ।