काठमाडौँ । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार तीनवटा खेल हुँदैछन् । समूह एच मा रहेका टोलीको पहिलो खेल हुँदैछ भने समूह ए मा रहेका दुई टोलीले आफ्नो दोस्रो खेल खेल्दैछन् ।
मंगलबारको पहिलो खेलमा समूह एच मा रहेको कोलम्बियाले एसियाली देश जापानसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे मोर्डोभिया एरिनामा हुनेछ ।
समूह एच अन्तर्गतकै अर्को खेलमा युरोपेली देश पोल्याण्डले अफ्रिकी देश सेनेगलको सामना गर्नेछ । यो खेलमा मस्कोमा रहेको स्पार्टक रंगशालमा नेपाली समय अनुसार राति पौने ९ बजे हुनेछ ।
अर्को खेलमा आयोजक रुसले इजिप्टसँग प्रतिस्पर्धा गर्दैछ । समूह ए मा रहेका यी दुई देशको यो समूह चरणको दोस्रो खेल हो ।
यो खेल राति पौने १२ बजे सेन्ट पिटर्स बर्गमा हुनेछ । पहिलो खेलमा आयोजक रुसले साउदी अरेबियालाई हराएको थियो भने इजिप्ट उरुग्वेसँग पराजित भएको थियो ।
प्रतिक्रिया