देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस भेलामा कुटनितिक चासो

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले हेटौँडा भेलाबाट तयार गर्ने नितिका बिषयमा देश—विदेशबाट चासो व्यक्त हुन थालेको छ । नेपालमा रहेका विदेशी कुटनितिक नियोगहरुले प्रधानमन्त्रीको विदेश भ्रमण र बिपक्षी कांग्रेसको राष्ट्रिय भेलालाई राजनितिक दृष्टिकोणले परिभाषा गर्न थालेका छन ।

सक्तारुढ दलको प्रधानमन्त्री चीन भ्रमणमा गएका बेला कांग्रेसले ७७ वटै जिल्ला सभापतिहरुको भेला आयोजना गरेको प्रति नेपाल स्थीत चिनियाँ राजदुवासले पनि चासो राखेको छ ।

यस्तै चासो भारतीय राजदुतावासबाट पनि व्यक्त भएको छ । भारत, चीन र अमेरिकका लागि पुर्व राजदुतहरुका अनुसार कांग्रेसले आयोजना गरेको राष्ट्रिय स्तरको भेलालाई लिएर बिदेशी कुटनितिक नियोगहरुले चासो व्यक्त गर्नु स्वभाविक हो ।

सरकारले अहिले नेपालमा लगानीका लागि बिदेशी दातृनिकायसंग आग्रह गरिरहेको अवस्थामा उनिहरुले नेपालमा लगानी गर्ने कि नगर्ने भन्ने कुरा कांग्रेसको निर्णबाट पनि बिचार गर्नसक्ने बिज्ञहरु बताउछन् ।

सरकारको आर्थिक निति प्रस्ट नभएको र आजै प्रधानमन्त्री केपी शर्मा ओली नेपालमा लगानीका लागि सहमति गर्न चीन जान लागेकाले पनि कांग्रेस भेलामा विदेशीको चासो बढेको हो ।

अमेरिकका लागि पूर्व नेपाली राजदुत डा.शंकर शर्माले नयां सरकार बहुमत प्राप्त भएको र उसले प्रस्ट निति ल्याउन नसकेकाले पनि बिदेशीको चासो बढेको हो ।

शर्माले देशको नितिमा परिवर्तन हुने र संबिधान संशोधन गरी शासकिय स्वरुपनै पविर्तन गर्ने कुरा सरकार पक्षले उठाउदा कांग्रेसले बिरोध गरेकाले नेपालमा रहेका कुटनितिक नियोगहरुलाई नेपालमा अझै राजनितिक अस्थीरता हुन सक्ने आसंका कायमै रहेको बताए ।

यस्तै आजबाट नेपाली कांग्रेस जिल्ला सभापतिहरूको हेटौंडा भेला सुरुभएको छ । मकवानपुरको हेटौंडामा रहेको पल्पसा क्याफेमा सुरुभएको जिल्ला सभापतिहरुको भेलाको कांग्रेस सभापति शेरबाहादुर देउवाले केहिबेर अघि उद्घाटन गर्नुभएको छ ।

भेलाको उद्घाटन अघि बिहान ९ बजेदेखि ११ बजे सम्म नेपाली कांग्रेस मकवानपुरको आयोजनामा रत्तदान कार्यक्रम राखिएको थियो । उत्त रत्तदान कार्यक्रममा करिव ३ सयले रत्तदान गरेका छन ।

जिल्ला सभापतिहरुको भेलाको उद्घाटन समारोह पछि आजैबाट बन्द सत्रको कार्यक्रम पनि सुरुहुने भएको छ ।

देशाान्तर सहकर्मी खिला कार्कीका अनुसार हेटौंडा भेलामा सहभागि ७७ वटै जिल्लाका जिल्ला सभापतिहरुले आज र भोली सम्ममा आ—आफ्नो जिल्लाको अवस्था र पार्टीले केन्द्रमा सुधार गर्नुपर्ने विषयमा भनाई राख्ने कार्यक्रम रहेको छ ।

भोली दिउसो ३ बजे सम्ममा सबै लिल्ला सभापतिहरुले तयार पारेको प्रस्ताव अनुसारको भनाई सकिने र त्यसपछि प्रदेश अन्र्तगतका जिल्ला सभापतिहरुले सामुहिक प्रतिवेदन तयार गर्ने कार्यक्रम रहेको छ ।

सातै प्रदेशका जिल्ला सभापतिहरुले प्रदेश अनुसारको प्रतिबेदन तयार गरेपछि सबै प्रतिवेदनलाई एक ठाउँमा राखेर छलफल हुनेछ । सातै प्रदेशका प्रतिवेदनमा भएको छलफलबाट निस्किएको निकर्ष अनुसार कांग्रेसको बिधान परिवर्तन र आगामी मार्गचित्र सार्वजनिक हुनेछ ।

तीनदिन सम्म चल्ने कांग्रेसको हेटौंडा भेलाले कांग्रेसको आगामी महाधिवेशन सम्मको मकवानपुर घोषणपत्र सार्वजनिक गर्ने बताइएको छ ।